जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामाको घोषणा


१२ भाद्र २०७७, शुक्रबार १२:१४ मा प्रकाशित

एजेन्सी । जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने घोषणा गरेका छन्। आफ्नो स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन् । उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर आवेले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै उनले स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए ।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आवे आठ वर्ष लगातार प्रधानमन्त्री बने । पैँसठ्ठी वसन्त पार गरेका आवेले आफ्नो कार्यकालमा जापानमा धेरै विकासका काम गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here