काठमाडौं ।अर्बपति व्यवसायी एवम् नेपाली कांग्रेसका सांसद विनोद चौधरी कोरोनाबाट संक्रमित भएका छन्।
चौधरीले शुक्रबार ट्विटमार्फत् आफूलाई कोरोना भएको सार्वजनिक गरेका हुन् ।
आजै बिहान पिसिआर परीक्षणको रिजल्ट आयोु, चौधरीले लेखेका छन्, मलाई कोरोना पोजेटिभ देखियो । तर मलाइ कुनै पनि लक्षण छैन।
चौधरीले आफूसँग सम्पर्कमा आएका व्यक्तिहरूलाई समेत सचेत रहन सुझाएका छन् ।





