अर्घाखाँची । रुपन्देहीमा थप एकजना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमा ४ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
उनका अनुसार भेन्टिलेटरमा उपचार भइरहेका ती संक्रमितको बिहीबार राति २ बजेर ३० मिनेटमा मृत्यु भएको हो। यही भदौ ७ गते अस्पतालमा भर्ना भएका उनमा उच्च रक्तचापको समस्या थियो ।





