भक्तपुरमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


१२ भाद्र २०७७, शुक्रबार १०:५२ मा प्रकाशित

भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मध्यपुर थिमि–३, गट्ठाघरकी ६४ वर्षिया महिला छिन् । गट्ठाघरस्थित नागरिक अस्पतालमा हिजो मृत्यु भएकी ती महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारका अनुसार ती महिलाको हिजो अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

मृत्यु पछि स्वाव संकलन गरी परीक्षण गर्दा आज बिहान कोरोना संक्रमण पुष्टि भएको मिजारले बताए। मृतक महिलाको शव व्यवस्थापनको कार्य भइरहेको उनले जानकारी दिए। भक्तपुरमा यो सँगै मृतकको संख्या ४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here