काठमाडौं । अफगानिस्तानमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेको संख्या एक सय नाघेको छ ।
मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । अफगानिस्तानको उत्तरी क्षेत्रमा रहेको परवान राज्य बाढीका कारण बढी प्रभावित भएको छ ।
भारी वर्षासँगै आएको बाढी पहिरोमा हराइरहेकाहरुको खोजी कार्य जारी रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
बाढी पहिरोमा ५ सय भन्दा बढी घरहरु ध्वस्त भएका छन् भने सयौं सवारीसाधन पुरिएका छन् ।उद्धार कार्य धमाधम भइरहेको छ भने प्रभावितहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ । यसैबीच अफगानिस्तानका राष्ट्रपति असरफ घानीले बाढी प्रवाभित क्षेत्रहरुमा आपतकाल घोषणा गर्न र पीडितहरुलाई उचित राहत दिन निर्देशन दिएका छन् ।





