आज पनि घट्यो सुनको मूल्य


१० भाद्र २०७७, बुधबार १३:३७ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज (बुधवार) सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८ सय कायम गरेको छ भने तेजावी सुनको मूल्य ९६ हजार ३ सय रुपैयाँ कायम गरेको छ ।

आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १३१० मा कारोवार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here