विराटनगरमा थप दुईजना कोरोना संक्रमितको मृत्यु


१० भाद्र २०७७, बुधबार १२:०९ मा प्रकाशित

विराटनगर । विराटनगरमा एकै दिन दुई कोराना संक्रमितको मृत्यु भएको छ। महोत्तरीका पुरुष र विराटनगर ११ की महिलाको मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो।

६० वर्षीय पुरुषको न्युरो अस्पतालमा उपचारका क्रममा राति ११ बजे मृत्यु भएको अस्पतालको कोभिड १९ मेनेजमेन्ट एण्ड रेस्पोन्स कमिटी संयोजक एवं अस्पतालका निर्देशक रन्जितराज बस्नेतले जानकारी दिए।

मृतक पुरुषमा टाउकाको नसा सुकेर प्यारालाइसिस भएका थिए। गत साउन ३१ मा न्युरो अस्पतालमा भर्ना भएका मृतक पुरुषमा कोरोना लक्षण देखिएपछि भदौ ३ मा स्वाब संकलन गरिएको थियो। भदौ ७ मा ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको निर्देशक बस्नेतले जनाकारी दिए।

कोरोना देखिएपछि अस्पतालले तयार गरेको आइसोलेसनमा उपचार भैरहेको थियो। उनको भेन्टिलेटरमा राखेर उपचारको क्रममा मृत्यु भएको हो।

त्यसैगरी विराटनगरकी ४४ वर्षीया महिलाको मंगलबार राति विराट मेडिकल कलेजमा मृत्यु भएको हो। उनलाई श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि मंगलबार दिउँसो अस्पतालमा भर्ना गरिएको थियो।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको केही बेरमै उपचाररत महिलाको मृत्यु भएको बताइएको छ। योसँगै विराटनगरका १२ जनाको कोराना संक्रमणका कारण मृत्यु भएको छ। मृत्यु हुनेमा दुई महिला र १० पुरुष छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here