जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी


८ भाद्र २०७७, सोमबार १३:२४ मा प्रकाशित

काठमाडौं । जंगली च्याउ खाँदा डोल्पाको ठूलीभेरी नगरपालिकामा ४ जना गम्भीर बिरामी भएका छन् ।

आइतबार साँझको खानासँगै जंगली च्याउ खाएका ठूरीभेरी नगरपालिका–७, का ३३ वर्षका उत्तमबहादुर शाही, ३१ वर्षका सुर्यबहादुर साही, वडा नम्बर ८ का ३३ वर्षका कमलबहादुर शाही र वर्ष ४४ को सत्यबहादुर शाही गम्भीर बिमारी परेका प्रहरीले जनाएको छ ।

आइतबार साँझ नै उनीहरु बिरामी परे पनि प्रहरीले सोमबार विहानमात्र खबर पाएको थियो । पहिलो खेपमा सिम्रिक एयरको हेलिकप्टरले ३ जनालाई सुर्खेत ल्याएको छ ।

एकै हेलिकप्टरबाट नअटेका कारण एक जनाका लागि भने छुट्टै हेलिकप्टर आउने डीएसपी रञ्जितकारले बताए । उनका अनुसार एक जनालाई भने नेपालगञ्ज पठाउने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here