भक्तपुरमा उपचार गराइरहेका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको मृत्यु


८ भाद्र २०७७, सोमबार १३:१८ मा प्रकाशित

काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचार गराइरहेका पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

बुटवल निवासी ५४ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

संक्रमित पुरुष मिर्गौला रोगबाट पीडित थिए । उनले डाइलासिस गराउँदै आएका थिए । पाण्डेका अनुसार उनको अन्तिम संस्कार पनि गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here