शुक्रबार थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, संक्रमितको संख्या ३० हजार ४८३ पुग्यो


५ भाद्र २०७७, शुक्रबार १७:०० मा प्रकाशित

काठमाडौं । नेपालमा शुक्रबार थप ८३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ५७९ जनाको पीसीआर परीक्षणमा २९२ महिला र ५४६ जना पुरुषमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यो सँगै नेपालमा संक्रमित हुनेको संख्या ३० हजार ४८३ पुगेको छ । सक्रिय संक्रमित १२ हजार १३२ रहेका छन् । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६४५ थियो ।

पछिल्लो २४ घण्टामा थप २५० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार २१४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १७ हजार ९६४ थियो ।

मन्त्रालयका अनुसार शुक्रबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here