संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारीमा रहेको आईसोलेसनको स्वास्थ्य सामग्री चोरी भएको छ।
खाँदबारी–७, हिमालय किरण क्याम्पसमा आईसोलेसनको प्रयोगका लागि राखिएका सामग्री गएराति चोरी भएका छन् । सामग्री राखिएको ठाउँमा तोडफोडपछि चोरी भएको अस्पताल प्रशासनले जनाएको छ।
आईसोलेसनका करिब १५ लाख बराबरको सामाग्री चोरी भएको अस्पतालका मेसु सुन्दरश्याम झाले बताए । अक्सिजन मेसिन, सक्सन मेसिन, ७० थान पीई सेट, प्यासेन्ट मनिटर, अक्सिजन डिभाईडर लगायतका सामग्री चोरी भएको झाले बताए ।