दमक नगरपालिका भोलि देखि एक साताका लागि लकडाउन


३१ श्रावण २०७७, शनिबार १९:४१ मा प्रकाशित

झापा । झापाको दमक नगरपालिकाले भोलि देखि एक साताका लागि लकडाउन गर्ने भएको छ ।

लक डाउन खुकुलो हुँदा समूदायमा कोरोना भाइरस फैलने खतरा बढे पछि लकडाउन गर्ने घोषणा गरेको हो । लकडाउनमा औषधी, दुध डेरी बाहेकका कुनै पनि पसल, उद्योग तथा संघसंस्थाहरु संचालन गर्न नपाइएने नगरपालिकाले जनाएको छ ।

यस्तै नगरपालिकामा लकडाउन अवधिमा एम्बुलेन्स, सुरक्षाकर्मी, पास भएका सवारी साधान र संचार माध्यमका सवारी साधन मात्र चल्न पाउने छ । पूर्व पश्चिम राजमार्गमा भने सवारी चल्न दिइए पनि दमक क्षेत्रमा रोक्न नदिइने दमक नगरपालिकाका प्रमुख रोमथान ओलीले जानकारी दिए ।

शुक्रबार दमकमा विद्युत प्राधिकरणका ६ सहित ७ जनामा कोरोना पोजिटिभ देखा परे पछि आज नगरपालिकामा सरोकारवाला जिम्मेवार पदाधिकारी बसी लकडाउनको निर्णय गरिएको हो ।

लकडाउन अवधिभर अति आवश्यक काम बाहेक कसैलाई पनि घर बाहिन ननिस्कन र निस्किएमा कानुन बमोजिम कार्वाही गरिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here