थप ४६८ जनामा कोरोना संक्रमण पुष्टि सूर्योदय संवाददाता ३१ श्रावण २०७७, शनिबार १७:३९ मा प्रकाशित काठमाडौं । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।