कोशी अस्पतालमा कोरोनाबाट ३० वर्षीय पुरुषको मृत्यु


३० श्रावण २०७७, शुक्रबार १०:४९ मा प्रकाशित

कोशी अस्पताल विराटनगरमा एक ३० वर्षीय पुरुषको मृत्यु पछि कोरोना पुष्टि भएको छ।

विराटनगर महानगरपालिका–१५ का ३० वर्षीय पुरुषको मृत्यु पछि कोराना पुष्टि भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले जानकारी दिए।  ज्वरो आएर बिहीबार मध्यान्ह अस्पताल पुगेका उनको दिउँसो चार बजे निधन भएको उनकाे भनाइ छ।

त्यसपछि उनको श्वाब परीक्षण गर्दा रिपोर्ट पोजेजिभ आएकाे हाे।  कोशी अस्पतालमा बिहीबार नै सिराहको विष्णुपुर गाउँपालिका–१ घर भएका ४० वर्षीय पुरुषको पनि मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here