लेबनानका प्रधानमन्त्री सहित मन्त्रिपरिषद्का सबै सदस्यद्वारा एकैसाथ राजीनामा


२७ श्रावण २०७७, मंगलवार ०८:१४ मा प्रकाशित

लेबनानको मन्त्रिपरिषद्का सबै सदस्यले एकैसाथ राजीनामा दिएका छन्। गत मंगलबार राजधानी बेरुतमा भयानक विस्फोट भएपछि सरकारी विरोधी आन्दोलन चर्किएको थियो। आन्दोलन चर्किएसँगै प्रधानमन्त्री हसन दियाबसहित क्याबिनेटका सबै सदस्यले राजीनामा दिएका हुन्।

बेरुतस्थित बन्दरगाहमा वर्षौंदेखि भण्डारण गरेर राखिएको एक दुई हजार ७५० टन एमोनियम नाइट्रेड अगष्ट ८ तारिखमा विस्फोट भएको थियो। सोमबार साँझ राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री हसनले आफूसहित सबैको राजीनामा घोषणा गरेका हुन्।

उनले आफ्नो राजीनामा लेबनानका राष्ट्रपति माइकल आउनलाई बुझाएका हुन्। राजीनामाले छिट्टै औपचारिकता पाउने बीबीसीमा उल्लेख छ। प्रधानमन्त्री हसनले राजीनामा दिनुअघि नै मन्त्रिपरिषद्का केही सदस्यले पद त्याग गरेका थिए। तर, आन्दोलनकारीहरुले सरकारका सबै सदस्यको राजीनामा माग गरेका थिए। बेरुतमा भएको विस्फोटमा अहिलेसम्म २२० जनाको मृत्यु भएको छ भने हजारौं मानिसहरु घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here