काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भगवान श्रीरामको जन्मभूमि नेपाल नै भएको दाबी गर्दैै अयोध्याधामको गुरुयोजना बनाउन माडीका जनप्रतिनिधिहरुलाई निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्री ओलीको बोलावटमा बालुवाटार आएका चितवन माडी नगरपालिकाका जनप्रतिनिधिहरुसँग उहाँले भगवान रामको जन्मभूमि माडीको अयोध्यापुरी नै भएको ठोकुवा नै गर्नुभएको थियो ।
विसं २०७८ सालको दशैंमा मूर्ति अनावरण गर्ने गरी राम र सीताको मन्दिर बनाउन निर्देशन दिँदै प्रधानमन्त्री ओलीले त्यहाँ उत्खनन् गर्ने भन्दा शास्त्रीय मान्यतालाई नै आधार मानेर मन्दिर बनाउनुपर्ने बताएको माडीका मेयर ठाकुरप्रसाद ढकालले सञ्चारमाध्यमलाई बताए । प्रधानमन्त्री ओलीले माडी नगरपालिकाको नामै परिवर्तन गरेर अयोध्यापुरी राख्न पनि सुझाउनु भएको छ ।
राम जन्मभूमि माडी नै भएकाले सीतारामको भव्य मन्दिर बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
२५ श्रावण २०७७, आईतवार ११:१० मा प्रकाशित





