आईसीसी टी-२० विश्वकप क्रिकेट तोकिएकै मितिमा हुने


२४ श्रावण २०७७, शनिबार १४:१९ मा प्रकाशित

काठमाडौं । सन् २०२१ का लागि भारतमा तय भएको आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट नसर्ने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले २०२१ को विश्वकप तोकिएकै मितिमा आयोजना हुने जनाएको छ । कोरोना भाइरसको महामारीको कारण प्रतियोगिता सर्ने आँकलन गरिएपनि आईसीसीले भारतलाई आगामी वर्ष तय भएको विश्वकप तोकिएकै मितिमा आयोजनाको अधिकार दिएको हो ।

आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबर देखि नोभेम्बरसम्म हुनेछ । फाइनल नोभेम्बर १४ मा हुने बताइएको छ । तर,आईसीसीले अष्ट्रेलियामा २०२१ मै हुने भनिएको टी–ट्वान्टी विश्वकप भने २०२२ सम्मका लागि स्थगित गरेको छ ।

अष्ट्रेलियामा यसैवर्ष आयोजना हुने भनिएपनि कोरोना भाईरसको महामारीको कारण आईसीसीले विश्वकप २०२१ सम्मको लागि स्थगित गरेको थियो । तर, भारतमा पनि त्यहिँ वर्ष विश्वकप हुने भएपछि अष्ट्रेलिया २०२२ मा विश्वकप आयोजना हुनेछ ।

त्यस्तै न्युजिल्यान्डमा आगामी वर्ष आयोजना गर्ने भनिएको महिलाको एकदिवसीय विश्वकप क्रिकेट भने एक वर्ष सारिएको छ । अब महिलाको विश्वकप २०२२ मा हुनेछ । यस अघि महिला विश्वकप सन् २०२१ को फेब्रुवरी ६ देखि मार्च ७ सम्म आयोजना हुने बताइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here