प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ


२४ श्रावण २०७७, शनिबार ०८:३३ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।

शुक्रबार बिहान स्वाब संकलन गरिएको प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रिपोर्ट शुक्रबार बेलुकी आएको हो।

प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमन्त्री डा.शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी पनि रिपोर्ट नेगेटिभ आएको छ।

कोरोना संक्रमित प्रदेश २ का आन्तरिक मामिलामन्त्री ज्ञानेन्द्रकुमार यादवको क्लोज कन्ट्याक्टमा प्रधानमन्त्री ओली परेपछि स्वाब लिएर कोरोना परीक्षण गरिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here