प्रनिश थापा,
चितवन । चितवनमा उत्कृष्ट कार्यसम्पादन गर्ने एक जना ट्राफिक प्रहरी निरिक्षक सहित ८ जना प्रहरी कर्मचारीहरु सम्मानित भएका छन् ।
बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर चितवनले आज (बुधबार) एक कार्यक्रमको आयोजना गरी कोरोना कहरका बिच पनि ट्राफिक कार्यालयमा रहि ट्राफिक सचेतना, दुर्घटना न्यूनीकरण जस्ता कार्यहरुमा उल्लेखनीय भुमिका खेलेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका (प्रमुख) प्रहरी निरीक्षक दयाकृष्ण भट्ट सहित प्रहरी नायब निरीक्षक कृष्ण ठकुरी, प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर घिसिंंङ र प्रहरी हवल्दार हरेराम खतिवडालाई प्रशंसा पत्रसहित तथा अन्य दुई प्रहरी हवल्दार माधव खतिवडा र बाबुराम न्यौपाने र प्रहरी जवान रमेशदत्त भट्ट र अर्जुन अधिकारी नगद पुरस्कारसहित सम्मानित भएका हुन् ।
सम्मानित हुनुहुने सबै प्रहरी कर्मचारीहरुलाई बाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख (एसपी) प्रकाश रानाभाटले कार्यालय परिसरमै एक समारोहका बिच सम्मानित एवं पुरास्कृत गरेका थिए ।





