नेपालमा पाटो बाघको संख्या दोब्बर हुँदै


१४ श्रावण २०७७, बुधबार ०८:३४ मा प्रकाशित

काठमाडौं । नेपाल सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक पुगेको छ ।

पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो वयस्क बाघको संख्या हो ।

नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पुर्‍याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटा मात्र बाघ थपिए पनि नेपालको प्रतिबद्धता पूरा हुनेछ ।

‘गणनाका लागि क्यामरा ट्रयापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ तर सबैको गणना भएको छैन,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने ।

सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेटिने उनको भनाइ छ ।

यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए । सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो ।

बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ । बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here