मेची अस्पतालले भाडामा दिएको पसलमा आगलागी, करिब ८ लाखको क्षति


१३ श्रावण २०७७, मंगलवार १७:४६ मा प्रकाशित

भद्रपुर । भद्रपुर ८ स्थित मेची अस्पतालको सटरमा मङ्गलवार बिहान आगलागी भएको छ ।

अस्पतालको गेट अगाडीको सटर पसल भाडामा लिएका दुर्गा तथा खेमकुमार कार्कीले सञ्चालन गर्दै आइरहेको मनिष पान पसलमा आगलागी भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए ।

आगलागीबाट ८ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । प्रहरीका अनुसार मङ्गलबार बिहान ३ बजे विद्युत सर्ट भई पसलमा आगलागी भएको हो ।

आगलागीबाट पसलमा रहेका रेडिमेट कपडा, कस्मेटिक, किराना, फ्रिज, फर्निचर लगायतकाको सामान जलेर नष्ट भएको छ । पसलमा लागेको आगो भद्रपुर नगरपालिकाको दमकल र प्रहरीले नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here