थप १ सय १६ जनामा कोरोना संक्रमण


३१ असार २०७७, बुधबार १६:३८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार १ सय ७७ पुगेको छ। त्यस्तै, बुधबार मात्र कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ६ सय ९७ जना रहेका छन्।

हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या ११ हजार २५ जना छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here