मेलम्ची आयोजनाको सुरुङमा इन्जिनियरसहित २ बेपत्ता


३० असार २०७७, मंगलवार १५:५१ मा प्रकाशित

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङमा परीक्षणको लागि छाडिएको पानीमा दुई जना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा हेलम्बु गाउँपालिका–१ स्थित सुरुङमा आयोजनाका एक जना इन्जिनियर र चालक रहेका प्रहरीले जनाएको छ

प्रहरीका अनुसार सुरूङको एक ठाउँबाट एक्कासी पानी बाहिर आएपछि त्यहाँको अवस्था बुझ्न गएका उनीहरुलाई पानीले बगाएर बेपत्ता बनाएको हो ।

परीक्षण गर्न अहिले सुरुङमा पानी हालिएको छ । पानी सुरुङमा पानीले बगाएर ४ जना बेपत्ता भएका थिए । उनीहरुमध्ये दुई जना सम्पर्कमा आए भने दुई जना अझै बेपत्ता छन् ।

जीवितै उद्धार गरिएका दुई जनाको उपचार गर्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here