यार्सागुम्बालाई आइयुसीएनले लोप हुने जोखिमको सूचीमा राख्यो


३० असार २०७७, मंगलवार ०७:५३ मा प्रकाशित

काठमाडौं । अन्तराष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन) ले यार्सागुम्बालाई लोप हुने अवस्थामा रहेको उच्च जोखिम सूचीमा सूचीकृत गरेको छ।

हिमालयन भियग्राका नामबाट प्रख्यात यार्सागुम्बा विश्वकै महंगो ढुसी हो। आइयुसीएनले संसारभर रहेका जीवजन्तु र वनस्पतिहरुलाई विभिन्न नौ समूहमा वर्गीकरण गरी गिरावटको दर, जनसंख्याको आकार, भौगोलिक वितरणको क्षेत्र र जनसंख्या तथा वितरण खण्डको डिग्रीद्वारा रेड लिस्टमा राख्नेगर्छ।

जुन ९ तारिखमा सार्वजनिक गरिएको रातो सूचीमा कामोत्तेजक र कायाकल्प गुण हुने यार्सागुम्बालाई पनि समावेश गरिएको छ। अत्यधिक संकलनका कारण बितेका १५ वर्षमा यार्सागुम्बाको प्राकृतिक उपलब्धता ३० प्रतिशतले घटेको आइयुसीएनले जनाएको छ। झुसिलकीरा र झ्याउको संयुक्त स्वरुपमा रहने यार्सागुम्बा नेपाल, भारत, चीन र भुटानमा रहेका हिमालय क्षेत्रमा पाइन्छ।

आइयुसीएनले यार्सागुम्बालाई जोखिमको सूचीमा राखेसँगै अब यसको संकलन र बिक्रीबाट अर्थोपार्जन र जीविकोपाजर्न गरिरहेका हिमालय क्षेत्रमा बासिन्दाहरुलाई समस्या पर्ने देखिएको छ। नेपालमा संकलन हुने यार्सागुम्बालाई चिनियाँहरुले गुणस्तरका आधारमा प्रतिकिलो ५० लाख रुपैयाँसम्म तिरेर खरिद गर्ने गरेको व्यापारीहरु बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here