अमेरिकी नौसेनाको डिएगो जहाज विस्फोट, २१ जना घाइते


२९ असार २०७७, सोमबार ११:५५ मा प्रकाशित

काठमाडौं । अमेरिकी नौसेनाको जहाज डिएगोमा विस्फोट हुँदा २१ जना घाइते भएका छन्।

अमेरिकी नौसेना अधिकारीका अनुसार डिएगोस्थित यूएस नेवल बेसमा रहेको जहाजमा विस्फोटपछि आगलागी हुँदा २१ जना घाइते भएको सीएनएनले जनाएको छ । घटना स्थानीय समय अनुसार आइतबारको हो ।

अमेरिकी नौसेनालाई उद्धृत गर्दै सीएनएनले जनाएअनुसार घटनामा घाइते १७ कर्मचारी ४ यात्रुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here