जंगली जनावर मारे कोरोना जस्ता धेरै रोगको सामना गर्नुपर्छः राष्ट्रसंघ


२३ असार २०७७, मंगलवार ०७:४५ मा प्रकाशित

काठमाडौं । संयुक्त राष्ट्र संघको पर्यावरणसँग जोडिएको एक संस्थाले मानिसले जंगली जनावर मार्ने र उनीहरुमाथि उत्पीडन जारी राख्ने हो भने कोरोना भाइरसजस्ता अरु महामारीको सामना गर्नुपर्ने चेतावनी दिएको छ।

युएन इन्भाइरोमेन्ट प्रोग्राम एण्ड इन्टरनेशनल लाइभस्टक रिसर्च इन्सटिच्यूटले कोरोना भाइरसजस्ता खतरनाक संक्रमणका लागि पर्यावरणमा भएको लगातारको क्षति, प्राकृतिक संसाधनको चरम दोहन, जलवायु परिवर्तन र जंगली जनावरलाई दिइएको उत्पीडन प्रमुख जिम्मेवार रहेको जनाएका छ।

पछिल्लो वर्ष जनावर र पंक्षीबाट मानिसमा सर्ने रोग लगातार बढिरहेको भन्दै राष्ट्रसंघका विशेषज्ञले पनि यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका बिबिसीले जनाएको छ। संयुक्त राष्ट्रले प्रोटिनका मात्रा बढाउन जनवार दिननानु दिन मार्दै गए यसले स्थिति भयावह हुनसक्ने चेतावनी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here