कुलमान घिसिङलाई पितृशोक


२२ असार २०७७, सोमबार १२:३३ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पितृशोक परेको छ ।

घिसिङका बुबा कृपासिंह घिसिङको ९८ वर्षको उमेरमा गएराति काठमाडौंमा निधन भएको हो । कुनै दीर्घरोग नलागेका घिसिङ सुकेधारास्थित निवासमा गएराति एक्कासी बेहोस हुनुभएको थियो, तत्कालै मेडिकेयर अस्पताल लगिए पनि अस्ताताले उहाँलाई मृत घोषणा गरेको परिवारले जनाएको छ ।

उहाँका कुलमान घिसिङसहित ६ जना छोरा र तीन जना छोरी हुनुहुन्छ । उहाँको स्वयम्भूमा आजै अन्त्येष्टि गरिंदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here