हावाबाट पनि कोरोना फैलिन सक्ने २३९ वैज्ञानिकको दाबी


२२ असार २०७७, सोमबार ०८:२९ मा प्रकाशित

काठमाडौं । २ सयभन्दा बढी वैज्ञानिकहरूले हावाको कणबाट पनि कोरोना भाइरसको संक्रमण फैलिन सक्ने दाबी गरेका छन् ।

विभिन्न ३२ देशका २३९ जना वैज्ञानिकले गरेको अध्ययनले हावाको स–साना कणमा पनि कोरोना भाइरस भेटिएको र त्यसबाट पनि संक्रमण फैलने दाबी गरिएको हो ।

आगामी सातासम्म यसको प्रमाणसहित कुनै एउटा जर्नलमा रिपोर्ट प्रकाशित गर्दै यसबारे विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)को ध्यानाकर्षण गराइने उनीहरूले बताएको द न्यूयोर्क टाइम्सले जनाएको छ ।

डब्ल्युएचओले भने अहिलेसम्म एक संक्रमित र अर्को संक्रमितबीच २ मिटरभन्दा कमको दूरी कायम गरेर बस्दा कोरोना भाइरसको संक्रमण हुने बताउँदै आएको छ ।

डब्ल्युएचओले वैज्ञानिकहरूको पछिल्लो दाबीबारे कुनै प्रतिक्रिया नदिए पनि यसबारे ठोस प्रमाण नभएको र अनुसन्धान जारी रहेको बताउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here