सर्‍यो गौतमबुद्ध विमानस्थलको निर्माण अवधि


२० असार २०७७, शनिबार ०८:०४ मा प्रकाशित

काठमाडौं । भैरहवामा निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अवधि ६ महिना थप भएको छ । ३० जुन २०२० मा निर्माण सक्ने लक्ष्य राखिएको यो विमानस्थल निर्माणमा कोरोना भाइरसका कारण उत्पन्न संकटले समस्या सिर्जना भएको भन्दै अवधि थप भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार डिसेम्बरसम्म संरचना निर्माणको काम सक्ने नयाँ लक्ष्य राखिएको छ । त्यसपछि संचालन पूर्वको तयारीमा करवि ३ महिना लाग्नेछ । यसरी आगामी ९ महिनाभित्र विमानस्थल व्यवसायिक सञ्चालनमा आइसक्ने उनले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here