घाटा बढेपछि पेट्रोलियम पदार्थको मूल्य बढाउने निगमको तयारी


१९ असार २०७७, शुक्रबार १२:०२ मा प्रकाशित

काठमाडौं । घाटा बढेको भन्दै नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ ।

इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जुलाइ १ मा पठाएको नयाँ मूल्य अनुसार निगम ५ करोड १८ लाख घाटा हुने प्रक्षेपणसहित फेरि मूल्य बढाउने तयारी गरिएको हो ।

निगमका अधिकारीहरूले मूल्यबृद्धिको तयारीको विषयलाई गोप्य नै राखे पनि अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दै जाँदा घाटा बढेकाले चुनौती थपिएको बताएका छन् ।

नेपाल आयल निगमले यसअघि जुन १५ समायोजन गरेको मूल्य अनुसार पनि पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ ८५ पैसा र डिजलमा १ रुपैयाँ ८० पैसा नोक्सानी रहेको बताउँदै आएको छ। अरु पेट्रोलियम पदार्थमा भने निगमलाई नाफा छ।

निगमले यही असार १६ मा पेट्रोल प्रतिलिटर पाँच रुपैयाँ र डिजल तथा मट्टितेलमा दुई रुपैयाँ मूल्य बढाएको थियो।

सरकारले बजेटमार्फत पेट्रोल, डिजल र मट्टितेलको भन्सार १० रुपैयाँ थपेको थियो । इन्धनको मूल्यमा भन्सार वृद्धिपछि अन्तर्राष्ट्रिय बजारमा लगातार तेलको मूल्य उकालो लाग्न थालेको छ।

कोरोना संक्रमणपछि विश्वका धेरैजसो मुलुक लकडाउनमा रहँदा विश्व बजारमा ऋणात्मक अवस्थामासमेत पुगेको कच्चा तेलको मूल्य अहिले प्रति ब्यारेल ४३ अमेरिकी डलर पुगिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here