चीनमा भीषण वर्षाः १४ जनाको मृत्यु, ८ बेपत्ता


१८ असार २०७७, बिहीबार ०८:०४ मा प्रकाशित

चीन । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तमा केही दिन यता परिरहेको भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी १४ जनाको मृत्यु भएको छ।

सिचुआन प्रान्तको मिआङ्निङ् काउन्टीमा १४ को मृत्यु हुनुको साथै अन्य ८ जना बेपत्ता भएको जनाइएको छ ।

यसअघि ती स्थानमा १० जना बेपत्ता भएका जानकारी दिइएको थियो ।

जुन महिनाको २६ तारिखबाट मिआङ्निङ् काउन्टीमा भारी वर्षा भइरहेएको छ।

हाल करिब पाँच हजार ६६० व्यक्ति सोही काउन्टीको उपजिल्ला यिहाई र गाओयाङमा रहेको अस्थायी शिविरमा बस्दै आएका छन्।

वर्षाको कारण यहाँ प्रत्यक्षरूपमा करिब ७३ करोड ८० लाख युआन बराबरको आर्थिक क्षति भएको जनाइएको छ।

सो बाढीग्रस्त क्षेत्रमा हाल उद्धार कार्य जारी रहेको बताइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here