इरानको क्लिनिकमा ग्यास लिक हुँदा १९ जनाको मृत्यु


१७ असार २०७७, बुधबार ०७:४७ मा प्रकाशित

तेहरान । इरानको एक क्लिनिकमा विष्फोट हुँदा १९ जनाले ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय माध्यमले उक्त विष्फोटमा परी दर्जनौं घाइते भएको उल्लेख गरेका छन् ।

राजधानी तेहरानमा रहेको सिना अतहर क्लिनिकमा ग्यास लिक हुँदा विष्फोट हुन पुगेको थियो । विष्फोटमा परी १५ पुरुष र ४ महिलाको मृत्यु भएको छ ।

इरानी टेलिभिजन च्यानलले विष्फोटपछि आकाशमा देखिएको धुवाँको मुस्लो प्रसारण गरेका थिए ।

दमकलहरुले आगो निभाउने प्रयास गरेको भिडियो मिडियाले प्रसारण गरेका थिए । केही समयअघि पनि ग्यास लिक हुँदा एक सैनिक इलाकामा विष्फोट भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here