मोटरसाइकलको ठक्करबाट कैलालीमा बालकको मृत्यु


१६ असार २०७७, मंगलवार १२:०३ मा प्रकाशित

कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट सोमबार राति एक बालकको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिकामा–१ स्थित पूर्वपश्चिम राजमार्गमा भे६प २५२० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ५ वर्षीय हिमांशु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् । मोटरसाइकल चालक सुरेश चौधरी, मोटरसाइकलमा सवार जयदेव चौधरी र मृतक बालकका बुवा रमेश परियार घाइते भएको प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

उनीहरू तीनैजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here