प्रहरी हवल्दारद्वारा गोली हानी आत्महत्या


१५ असार २०७७, सोमबार २१:५४ मा प्रकाशित

सुनसरी जिल्ला अदालतमा खटिदै आएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले गोली हानी आत्महत्या गरेका छन् । खतिवडा जिल्ला अदालत सुनसरीको ४ नम्वर जिल्ला न्यायाधिश शंकर बहादुर राईको बडिगार्डका रुपमा सिविलमा खटिएका सुरक्षाकर्मी हुन् ।

सुनसरी प्रहरी प्रमुख कमल थापाका अनुसार केही बेर अघि अदालतको छतमा गएर खतिवडाले आफुसँग भएको पेस्तोलबाट आफ्नै कन्चटमा गोली हानेको थिए ।दाहिने कन्चटमा गोली हानी गम्भिर अवस्थाका बिच उनलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

गम्भिर अवस्थाका खतिवडाको उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ । घटनाको कारण भने खुलेको छैन् । सो विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here