झापा । झापा शिवसताक्षी नगरपालिका–८ काभ्रे चोक बस्ने मिलन कुमार बिष्टको ३ बर्षीय छोरा सम्यम कुमार बिष्टको पानीमा डुबेर मृत्यु भएको छ ।
घर नजिकै रहेको कुलोको पानीमा खेल्ने क्रममा अचानक डुबेर वेहोस भएका नाबालक सम्यमको हिजो अपरान्ह ४ बजे मृत्यु भएको हो । उपचारार्थ बिएण्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।





