बारा र पर्साबाट नेपालमा सलह किरा प्रवेश


१३ असार २०७७, शनिबार १३:०२ मा प्रकाशित

काठमाडौं । नेपालमा सलह किरा भित्रिएको छ । बाराको निजगढ र सर्लाहीको नवलपुरमा सलह किरा भेटिएको सलह किरा देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

बारा र पर्सामा सलह किरा देखिएको खबर प्राप्त भएको मन्त्रालयका प्रवक्ता सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । ‘बाराको कृषि ज्ञान केन्द्र प्रमुख जितेन्द्र यादवले सलह किरा आएको बताएका छन्, प्राविधिक टोली खटिएको छ,’ प्रवक्ता केसीले भने ।

दुवै जिल्लामा प्राविधिकसहितको टोली परिचालन भइसकेको प्रवक्ता डा.केसीले बताए । सलह किराको समूहले नेपालमा क्षति पुर्याए, नपुर्याएको भने खुलिसकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here