महिला विश्व कप फुटबल २०२३ : अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गर्ने


१२ असार २०७७, शुक्रबार १८:०६ मा प्रकाशित

काठमाण्डौ । अस्ट्रेलिया र न्युजिल्याण्डले सन् २०२३ मा हुने महिला फुटबल विश्व कपको आयोजना गर्ने भएका छन् ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो । जापान हटेपछि अस्ट्रेलिया र न्युजिल्याण्ड संयुक्ता आयोजकको रुपमा सबैभन्दा अघि पुगेका थिए र संयुक्त दाबेदारीको बाटो पनि पक्का भएको हो । यो दाबेदारीले यस महिनाको सुरुवातमा फिफाबाट सर्वश्रेष्ठ आँकलन पाएको थियो ।

अस्ट्रेलिया र न्युजिल्याण्डको दाबेदारीले सम्भावित ५ मा ४ दशमलव १ अङ्क पाएको थियो भने जापानले ३ दशमलव ९ अङ्क पाएको थियो । कोलम्बियाले २ दशमलव ८ अङ्क पाएको थियो ।

यो प्रतियोगिता सन् २०२३ जुलाई १० देखि अगस्ट २० तारिखसम्म आयोजना हुने तय भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here