मोरङको कानेपोखरी पथरी सडक खण्डमा स्कार्पीयो दुर्घटना, ३ जनाको मृत्यु


१२ असार २०७७, शुक्रबार १६:५६ मा प्रकाशित

उत्तम पोख्रेल
बेलबारी । मोरङको कानेपोखरी पथरी सडक खण्डमा गए राती स्कार्पियोको ठक्करबाट ३ जनाको ज्यान गएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कार्पियोको ठक्करबाट एक पैदल यात्री महिला र मोटरसाइकलमा सवार २ जना पुरुषहरुको ज्यान गएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक दिलीप गिरिले बताए । गिरीका अनुसार स्कारपियोले पैदल यात्रि महिलालाई ठक्कर दिएपछि अनियन्त्रीत भई विपरीत दिशाबाट आइरहेको मे १० प २७५६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृत्यु हुने पैदल यात्रि महिलाको पहिचान भने अहिले सम्म खुल्न सकेको छैन । अन्य दुई जना भने पाँचथरको फिदिम २ का गजेन्द्र कुमार गुरुङ र झापा बुद्ध शान्ति ४ का लोकेन्द्र लिम्बु रहेको इलका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रहरीका अनुसार पहिचान नखुलेकि महिला र लिम्बुको अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको हो भने गुरुङको उपचारका क्रममा मृत्यु भएको हो । स्कार्पियोका चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का ४५ वर्षीय महेन्द्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here