बिरामी बोक्न गएको एम्बुलेन्स भिरबाट खस्यो,चालकको घटनास्थलमै मृत्यु


११ असार २०७७, बिहीबार ०९:४७ मा प्रकाशित

ओखलढुंगा । ओखलढुंगाको लिखु गाउँपालिकामा बिरामी बोक्न गएको एम्बुलेन्स दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु भएको छ ।

बिहिबार बिहान गाउँपालिकाबाट बिरामी बोक्न वडा नम्बर ९ को पोकलीतर्फ जादै गरेको एम्बुलेन्स वडा नम्बर ६ को कात्तिकेभिरमा दुर्घटना हुदाँ एम्बुलेन्स चालक लिखु गाउँपालिका ४ यसमका २३ बर्षिय सुदर्शन खत्रीको घटना स्थलमै मृत्यु भएको गाउँपालिकाले पुष्टी गरेको छ ।

गाउँपालिकाको प्रदेश नम्बर ३–०१–०० झ ५११५ नम्बरको एम्बुलेन्स सडकबाट करिब २ सय मिटर तल खोलामा खसेको गाउँपालिका अध्यक्ष गोबिन्द पौडेलले जनकारी दिए ।
वडा नम्बर आठ का वडा अध्यक्षले पोकलीबाट बिरामीलाई काठमाण्डौ लैजान एम्बुलेन्स मगाएपछि चलक बिहानै एम्बुलेन्स लिएर पोकलीतर्फ लागेका थिए । दुर्घटनास्थल कात्तिकेभिरमा घुम्ती रहेका् र बाटो समेत साघुँरो भएको स्थानबाट एम्बुलेन्स दुर्घटनामा परेको गाउँपालिकाले जनाएको छ । घटनास्थलमा अहिले स्थानिय प्रहरी पुगीसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here