भारतमा एकै दिन १६ हजार बढी कोरोना संक्रमित थपिए


११ असार २०७७, बिहीबार ०७:५२ मा प्रकाशित

काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा १६ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ८७० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ९८५ पुगेको छ ।

भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १४ हजार ९ सय नाघेको छ । यसैगरी २ लाख ७१ हजार ६८८ जना संक्रमित भने निको भएका छन् । संक्रमितमध्य १ लाख ८६ हजार ३९० जना उपचाररत रहेको जनाइएको छ ।

विश्वमा कोरोना संक्रमित धेरै हुने देशको सूचीमा चौथो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here