जम्मु-कस्मिरमा भएको गोलाबारीमा एक नेपालीको मृत्यु


१० असार २०७७, बुधबार ०८:३८ मा प्रकाशित

काठमाडौं । भारतको जम्मु–कस्मिरमा भएको गोलाबारीमा परी भारतीय सेनामा कार्यरत गुल्मीका एक युवाको मृत्यु भएको छ।

गुल्मीको छत्रकोट गाउँपालिका वडा– ५ खर्ज्याङ घर भएका भारतीय सेनाका हवल्दार दीपक कार्कीको गत सोमबार बिहान भएको गोलाबारीमा परी निधन भएको हो ।

कार्की जम्मु काश्मिरको रजौरी जिल्लाको नौशेरा सेक्टरमा ड्युटीमै रहँदा गोलाबारीमा पाकिस्तानतिरबाट गोलाबारी भएको थियो। गोलाबारीमा घाइते भएका उनको उपचारको क्रममा ज्यान गएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल देवेन्द्र आनन्दले पाकिस्तानी सेनाको आक्रमणमा ३/५ गोरखा राइफल्समा कार्यरत कार्कीको मृत्यु भएको बताएका छन्।

१८ वर्ष अघि भारतीय सेनामा भर्ती भएका ३८ वर्षीय कार्की हाल रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राम बस्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here