भारतमा कोरोना सङ्क्रमणको दर बढ्दै, एकैदिन १५ हजार बढी सङ्क्रमित


७ असार २०७७, आईतवार १३:५८ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो केही हप्तादेखि भारतमा कोरोना सङ्क्रमणको दर लगातार बढिरहेको छ । भारतीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १५ हजार चार सय १३ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्ख्या भारतमा एकैदिनमा सङ्क्रमित हुनेको सङ्ख्यामध्ये अहिलेसम्मकै धेरै हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण तीन सय ६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कुल मृतकको सङ्ख्या १३ हजार दुई सय ५४ पुगेको छ ।

भारतमा कुल सङ्क्रमितको सङ्ख्या चार लाख १० हजार चार सय ६१ पुगेको छ । कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख २७ हजारभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here