भारतमा एकै दिन १४ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण


६ असार २०७७, शनिबार ०७:४९ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ९७० पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३६६ जनाको मृत्यु भएको छ भने १४ हजार ७२१ जना नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा संक्रमितको ३ लाख ९५ हजार ८१२ पुगेको हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख १४ हजार २०६ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here