सुनको मूल्य अहिले सम्मकै उच्च


३ असार २०७७, बुधबार १३:४४ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला १ सय रुपैयाँ बढेर प्रतितोला ८९ हजार ८०० रुपैंयाँमा कारोबार भइरहेको छ ।

सुनको मूल्य आज अहिले सम्मकै उच्च बिन्दुमा पुगेको हो ।नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ प्रतितोला ८९ हजार ८ सय रुपैयाँ कायम भएको हो । यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ३६५ रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको भाउ भने प्रतितोला ९३० रुपैयाँ रहेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here