लद्दाख भिडन्तलगत्तै चिनियाँ सेनाको युद्ध अभ्यास


३ असार २०७७, बुधबार ०८:३४ मा प्रकाशित

काठमाडौं । लद्दाखमा भारतीय सेनासँग हिंसात्मक भिडन्त भएसँगै चिनियाँ सेनाले हिमालय क्षेत्रमा युद्ध अभ्यास तीव्र पारेको खुलेको छ ।

सोमबार राती लद्दाखमा २० जना भारतीय सैनिक मारिने गरी भएको हिंसात्मक भिडन्तसँगै चिनियाँ जनमुक्ति सेनाको तिब्बत कमाण्डले सैन्य अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

चिनियाँ जनमुक्ति सेनाले लामो दूरीको आर्टिलरी प्रणाली, जमनीबाट हावामा मार हान्ने मिसाइल सिस्टम, विशेष अप्रेटिभ फोर्स, आर्मी एभिएशन फोर्स, इलेक्ट्रिक काउन्टरमर्स फोर्स, इन्जिनियरिंग तथा एन्टी केमिकल वारफेयरको युद्ध अभ्यास गरेको छ।

समुद्र सतहदेखि ४७०० मिटरको उचाईमा यो अभ्यास गरिएको टाइम्सले जनाएको छ। अभ्यासमा हजारौं सैनिक तथा ट्ंयाक सहभागीरहेको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here