भारतमा कोरोनाले एकै दिन २ हजारभन्दा बढीको मृत्यु


३ असार २०७७, बुधबार ०७:४७ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन २ हजारभन्दा बढीको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ११ हजार ९२१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १३५ जना संक्रमित थपिएसँगै भारतमा कोरोना भाइरसबाट संक्रमण हुने मानिसको संख्या ३ लाख ५४ हजार १६१ पुगेको हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये १ लाख ८७ हजार ५५२ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here