लद्दाखमा भारतीय र चिनियाँ सेनाबीच झडप, ३ भारतीय सैनिकको मृत्यु


२ असार २०७७, मंगलवार १४:११ मा प्रकाशित

काठमाडौं । भारत– चीनको सीमा क्षेत्र लद्दाखमा झडप भएको छ । भारतीय सेना र चिनियाँ सेनाबीचको झडपमा २ जनाको मृत्यु भएको छ ।

एक भारतीय सेनाका अफिसरसहित दुई सैनिकको ज्यान गएको अन्तराष्ट्रिय समाचार माध्ययमले जनाएका छन ।

पूर्वी लद्दाख क्षेत्रको चार अवरोध बिन्दु मध्ये एक गाल्वान भ्यालीमा भारतीय र चिनियाँ सैनिकको हिंसात्मक मुठभेड भएको भारतीय रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । झडपमा एक सेनाका अधिकारी र दुई सैनिकको मृत्यु भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

भारतीय सञ्चार माध्यमहरुले सन् १९७५ पछि पहिलो पटक नियन्त्रण रेखामा झडपमा मारिएको जनाएको छ।

केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सैनिकले सैनिकको संख्या घटाएको जनाएका थिए।

भारतले चीनको सीमामा जारी तनाव कम गर्न प्रयास भैरहेको बताएको छ। आफ्नो तीन सैनिक अधिकारी मारिएको विषयमा जानकारी दिँदै भारतीय सेनाले दुवैतर्फ सैनिक फिर्ताको प्रक्रिया भइरहेको समयमा सो घटना भएको जनाएको छ।

‘गलवान उपत्यकामा तनाव कम गर्ने प्रक्रिया भइरहेको समयमा गत राति दुवै पक्षबीच आसने सामने हुँदा हताहती भएको हो’ भारतीय सेनाले विज्ञप्तिमा भनेको छ, ‘भारततर्फ एक अधिकृत र दुई जवानको ज्यान गएको छ। तनावपूर्ण परिस्थितिलाई कम गर्नका लागि दुवै सैनिकका वरिष्ठ अधिकारीहरुबीच बैठक भइरहेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here