सीमा क्षेत्रबाट उद्धार गरिएका नेपाली सवार टिपर कालीकोटमा दुर्घटना


२८ जेष्ठ २०७७, बुधबार ११:२९ मा प्रकाशित

काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टाइन स्थलमा लिएर जाँदै गरेको टिपर कालिकोटको राजकोट नगरपालिकामा दुर्घटना भएको छ ।

टिपरमा करिब ३८–३९ जना सवार रहेको र उनीहरुको अवस्थाबारे बुझ्दै गरेको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले जानकारी दिए ।

टिपर लालीघाट भन्ने स्थानमा दुर्घटना भएको हो । टिपर नदीमा खसेको छ ।

दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरुको टोली उद्धारमा खटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here