कुवेतबाट आज ३ सय नेपाली स्वदेश फर्कँदै


२८ जेष्ठ २०७७, बुधबार ०९:४७ मा प्रकाशित

सरकारले कुवेतबाट आज ३ सय नेपालीलाई स्वदेश फर्काउँदै छ।कुवेतबाट आममाफी पाएर घरफीर्ती केन्द्रमा रहेका तीन सय नेपालीलाई कुवेत सरकारले नेपाल पठाइदिने भएको हो।फर्कने तीन सय जनाको सूची कोभिड १९ क्राइसिस म्यानेजमेण्ट कमिटी सीसीएमसीले तय गरिसकेको छ।

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी २ हजार ९ सय ९१ जनाको सूची दूतावासले परराष्ट्रलाई मन्त्रालयलाई बुझाएको र उनीहरुमध्ये ३ सय जनालाई दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म ल्याइदिने कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए।

त्यस्तै तीन सय नेपाली आउन लागेको र समय भने टुंगो लागि नसकेको नेपाली सेनाका प्रवक्ता विज्ञान देव पाण्डेले पनि जानकारी दिए। उनले भने,‘नेपाली आउने भएका छन् तर समय भने टुंगो लागेको छैन।’ कुवेतबाट जजिरा एअरवेजले नेपालीलाई लिएर आउने नेपाली दुतावास कुवेतले जनाएको छ।

कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत स्वदेश फर्काइदिने भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here