झापाका १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि


२१ जेष्ठ २०७७, बुधबार १६:४१ मा प्रकाशित

झापामा बुधवार थप एक जना कोरोना भाइरस संक्रमण भेटिएको छ ।कमल गाउँपालिका १ बस्ने १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए ।

भारतबाट फर्किएका ती युवक विराटनगर नाकाबाट स्वदेश फर्किएका हुन् ।गाउँ फर्किएका ती युवकलाई सहिद धर्मभक्त माविको क्वारेन्टाइनमा राखिएको थियो ।त्यहीबाट स्वाब सङ्कलन गरी धरान पठाइएकोमा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी मगरले बताए ।

उनलाई उपचारका लागि धरान पठाउने तयारी भइरहेको छ । योसँगै जिल्लामा सङ्क्रमित हुनेको संख्या ११९ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here